ट्याक्टर र ट्रक एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु

ट्याक्टर र ट्रक एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु


दाङको लमहीस्थित नर्तिमा ट्याक्टर र ट्रक एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख ७५५५ नम्बरको ट्रक र भालुबाङबाट लमही आउँदै गरेको ना१ज १३४५ नम्बरको ट्याक्टर र एक आपसमा ठोक्किएको हो ।

दुर्घटनामा परी राप्ती गाउँपालिकाकी रामपति चौधरी र अर्की नाम ठेगाना नखुलेकी एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । घाइते ५ जनाको लमही अस्पताल उपचार भइहेको प्रहरीले जनाएको छ ।