निर्वाचन आयोगले आज सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्ने

निर्वाचन आयोगले आज सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्ने


निर्वाचन आयोगले निर्बाचनको सुरक्षाका बारेमा छलफलका लागि भन्दै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएको छ ।

मंसिर १० र २१ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरुमा आक्रमणको प्रयास भइरहेकोले यसका बारेमा छलफल गर्नका लागि आयोगले सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएका हो ।

निर्वाचन आयोगका आयोगका प्रवक्ता नवराज ढकालका अनुसार सुरक्षा निकायका प्रमुखहरुसँग आइतबार दिउँसो १ बजे छलफल गर्न लागिएको हो ।

उनले आयोगका पदाधिकारीहरुले देशको समग्र शान्ति सुरक्षाबारे सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिने र उम्मेदवारको सुरक्षामा विशेष सतर्कता अपनाउने विषयमा छलफल हुने बताए ।