कैलाली बस दुर्घटनामा ३ को मृत्यु (अपडेडसहित)

कैलाली बस दुर्घटनामा ३ को मृत्यु (अपडेडसहित)


आइतबार बिहान कैलालीमा भएको बस दुर्घटनामा परी तीन जनाले ज्यान गुमाएका छन् ।

बैतडीको मेलौलीदेखि भीमदत्तनगरतर्फ आउँदै गरेको ना ७ ख २७२३ नं को यात्रुबाहक बस कैलालीको चुरे–३ धपेनीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी अन्य ३२ जना घाइते भएका छन् । बस सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार मृत्यु भएका सबै महिला रहेका छन् । मृतक तीन जनामध्ये शिवनाथ नगरपालिका, बैतडीकी ६४ वर्षीय भुन्टीदेवी चन्दको मात्रै पहिचान खुलेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइते ३२ मध्ये ५ जनाको अवस्था गम्भीर छ ।