नेपालले भारतलाई दियो १८६ रनको लक्ष्य

नेपालले भारतलाई दियो १८६ रनको लक्ष्य


मलेसियामा जारी एसिसी यू–१९ एसिया कपमा नेपाली कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट प्रदर्शनले भारतलाई १८६ रनको लक्ष्य दिएको छ।

मलेसियाको बायुमास ओभलमा भारतले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको नेपालले निर्धारति ५० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनाएको हो।

नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ८८ रन बनाए। ११ बल खेलेका ऐरीले २ छक्का र ४ चौका प्रहार गरेका थिए ।

सुरुवात कमजोर रहेको नेपालका लागि जितेन्द्र सिंहले ३६ तथा भीम सार्कीले १५ रनको योगदान दिए । नेपालका सात जना खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन् ।

भारतका लागि आदित्य थाक्रे र अभिशेक शर्माले २-२ विकेट लिए। मन्दिप सिंह, विवेकानन्द तिवारी, शिव सिंह र अर्थव टइडेले १–१ विकेट हात पारे ।