पूर्वप्रधानमन्त्री बिष्टको निधनमा राजपरिवारबाट समवेदना

पूर्वप्रधानमन्त्री बिष्टको निधनमा राजपरिवारबाट समवेदना


पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र, बडामहारानी कोमल र मुमा बडामहारानी रत्नले पूर्वप्रधानमन्त्री कीर्तिनधि बिष्टको निधनमा समवेदना प्रकट गर्नुभएको छ ।

प्राप्त जानकारी अनुसार पूर्वराजाद्वारा सचिव पशुपतिभक्त महर्जनलाई स्वर्गीय बिष्टको निवास पठाई पूर्वप्रधानमन्त्रीको निधनमा समवेदना सन्देश ब्यक्त गरिएको हो । स्व. बिष्टका छोरा विनोद बिष्ट र उहाँको परिवारलाई भेटेर सचिव महर्जनले राजा र राजपरिवारको तर्फबाट समवेदना ब्यक्त गरिएको बताउनुभएको थियो । बिष्ट परिवारले पूर्व श्री ५ र राजपरिवारले दर्शाएको सहानुभूति र समवेदना सन्देशका लागि कृतज्ञता अर्पण गरेको छ ।

पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको यही कार्तिक २५ गते शनिबार निधन भएको थियो ।