नेपालद्वारा भारत १९ रनले पराजित

नेपालद्वारा भारत १९ रनले पराजित


एसीसी यु–१९ एसिया कप २०१७ मा नेपालले भारतलाई १९ रनले हराउँदै इतिहास रचेको छ । भारतविरुद्ध नेपालको कुनै पनि उमेर समूहमा यो पहिलो जित हो ।

श्रीलंकाको क्वालालाम्पुरमा टस जितेर भारतले फिल्डिङ रोजेको थियो, जसमा नेपालले पहिले ब्याटिङ गर्दै पूरै पचास ओभर खेलेर आठ विकेटको क्षतिमा १८५ रन जोडेको थियो भने १८६ रनको लक्ष्य बोकेको भारतले ४८.१ ओभरमा अलआउट हुँदै १६६ रन जोडेको थियो ।

खेलमा नेपालका कप्तान दिपेन्द्रसिंह ऐरीले १०१ बल खेल्दै ८८ रन जोडेका थिए भने म्यान अफ दि म्याच उनले पूरै ओभर वलिङ गर्दै चार विकेट लिएका थिए ।
– धिरेन केसी