माओवादीमा विभाजनको प्रभाव

माओवादीमा विभाजनको प्रभाव


काठमाडौं । एकीकृत नेकपा माओवादीको बैद्य पक्ष पक्षले पार्टी फुटाउन असार २ गतेबाट राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । कुपण्डोलस्थित नेवा राज्य समितिको कार्यालयमा बसेको बैद्य पक्षीय नेताहरुको केन्द्रीय समितिको बैठकले पार्टी एकता सम्भव नरहेको भन्दै नयाँ पार्टी गठनका लागि असार २, ३ र ४ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो । संविधानसभा विघटनसँगै पार्टी नेतृत्वले लिएको शान्ति र संविधानको कार्यदिशा र नेतृत्व असफल भएको बैद्य पक्षको ठहर छ । ‘उहाँहरुले लिएको शान्ति र संविधानको लाइन असफल भयो, योसँगै नेतृत्व पनि असफल भएको छ’ वैद्यपक्ष पोलिटब्युरो सदस्य नेता शर्माले भने ।
नयाँ पार्टी गठनको तयारीमा जुटेको बैद्य पक्षले संस्थापन पक्षले आफूहरुको नीति र नेतृत्व असफल भएको नेतृत्व छाड्दै स्वीकार गर्दै विद्रोहको नीति लिए पार्टी नफुट्ने बैद्य पक्षको भनाइ छ । अध्यक्ष प्रचण्डले राजीनामा दिने र बिद्रोहको नीति लिने सम्भावना नरहेकाले पार्टी विभाजन नै उपयुक्त विकल्प भएको बैद्य पक्षीय नेताहरु बताउँछन् । बैद्य पक्षले विद्रोहको नीति दिएर पार्टी गठन गरेपनि सशस्त्र युद्धकालमा जस्तै भूमिगत भने नहुने बताएको छ ।
-देब, काठमाण्डौं, मेस