सिंहदरबारभित्रै दुर्घटना : दुई कार एक-आपसमा ठोक्किए

सिंहदरबारभित्रै दुर्घटना : दुई कार एक-आपसमा ठोक्किए


देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आइतबार सवारी दुर्घटना भएको छ । दैनिकजसो दुर्घटनाका खबरहरु आइरहँदा  दिउँसो सिंहदरबारस्थित अर्थमन्त्रायल अगाडि दुई कार आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

औद्योगिक विकास क्षेत्र लिमिटेको बा १ ञ २०४७ नम्बरको कार र बा ५ प ४१३० नम्बरको निजी कार एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनाबाट दुबै कारमा क्षति पुगेपनि मानवीय क्षति भने भएको छैन ।