बल्ल बौरिए विद्यासुन्दर !?

बल्ल बौरिए विद्यासुन्दर !?


स्थानीय तहको निर्वाचन सम्पन्न भएको यतिका समय बितिसक्दा पनि महानगरले काँचुली फेर्ने संकेतसम्म नदेखिएपछि राजधानीवासी निराश छन् । यसबीच काठमाडौँ महानगरपालिकका प्रमुख विद्यासुन्दर शाक्यको आलोचना पनि निकै बढेर गएको छ । विरोधि कित्ताको कुरै छाडौँ, उनका समर्थक मतदाताहरु नै रुष्ट बनेका छन् । सायद यो दूरावस्थाको बोध अब भने मेयर विद्यासुन्दरलाई भएजस्तो छ ।

राजधानीको ढल व्यवस्थापन, हरियाली निर्माण, नियमविपरित राखिएका विज्ञापनका बोर्डहरु तत्काल हटाउन उनले विभागीय प्रमुखहरुलाई निर्देशन दिएका छन् । परम्परागत रुपमा हुने कामपाको सफाइ अभियानलाई अन्त्य गर्दै नागरिकले अनुभूति गर्ने गरी काम गर्न पनि उनले निर्देशन दिएका छन् ।

उपप्रमुख हरिप्रभा श्रेष्ठसँगै शाक्यले आइतबार सुन्धारा, न्युरोड, रत्नपार्क, जमलमा रहेको आइल्याण्ड निर्माणको अवलोकन गरेका थिए । अवलोकनपछि उनले उपरोक्त निर्देशन दिएका हुन् । एक हप्ताभित्र नतिजा देखिन सुरु हुने गरी काम गर्न निर्देशन दिए पनि परिणाम सकारात्मक देखिनेमा भने आशंका कायम नै छ ।


तस्बिर रासस