चाल्र्स टेलरलाई पचास वर्ष कैद

चाल्र्स टेलरलाई पचास वर्ष कैद


लण्डन । हिजो पश्चिमी अफ्रिकास्थित लाइबेरियाका पूर्व राष्ट्रपति चाल्र्स टेलरलाई पचास वर्षको जेल सजाय सुनाएको छ । उनलाई पछिल्लो महिना ११ वटा युद्ध अपराधका मुद्धाहरुमाथि दोषी पाइएको थियो । उनलाई लागेका मुद्धाहरु छिमेकी राष्ट्र सियरा लियोनको गृहयुद्ध भड्काएर विद्रोहीहलाई हत्याहिंसाका लागि मद्दत गरेको आरोपका मुद्धाहरु थिए । दश वर्षसम्म चलेको गृहयुद्धमा हजारौ मानिसहरुलाई मारेर शरीरको अंगभंग जस्ता कुकृत्य गरेको आरोप उनलाई लागेको थियो । हत्याहिंसा भडकाउनका लागि उनले विद्रोहीहरुलाई काँचो हिरा अर्थात् ब्लड डायमन्ड दिएको आरोप सिद्ध भएको छ । हजारौ मानिसहरुको हत्या भएको सियरा लियोनको गृहयुद्ध सन् १९९१ देखि सन् २००२सालसम्म चलेको थियो । युद्ध समाप्त हुने बेलासम्म यस गृहयुद्धको चपेटमा परी लगभग पचास हजार मानिसहरु मारिएका अनुमान गरेको छ । ह्यागस्थित इन्टरनेशनल कोर्ट (अन्तर्राष्ट्रिय अदालत)का न्यायधीशहरुले हिजो चाल्र्सलाई पचास वर्षको जेल सजाए सुनाएका थिए । सजाए सुनाउने बेलामा प्रमुख न्यायधीश रिचर्ड लुसिकले उनले गरेका युद्ध अपराध बारे .. हत्याहिंसा र यसको चरम अत्याचार आँकलन गर्न नसक्ने खालको थियो … भनेका थिए ।
विश्व युद्धपछि कुनै लडाकु नेता राष्ट्र प्रमुख बनेर युद्ध अपराधका कारण सजाय पाएको यो पहिलोचोटि हुन आएको छ । ६४ वर्षीय टेलरले बेलायतको कुनै कैदखानामा जेलसजाय काट्ने कुरा प्रकाशमा आएको छ, तर, त्यसभन्दा अघि उनले विशेष अदालतमा हालको फैसलामाथि अपील गर्ने कुरा जनाएका छन् । यस मुद्धालाई लिएर वकीलहरुले उनलाई अस्सी वर्षको जेल सजाय तथा उनलाई जेल सजाए सियरा लियोनमा बिताउनु पर्ने कुराको अग्राह न्यायधीशहरुसंग गरेका छन् । वकिल ब्रेण्डा हालीले उनले गरेका युद्ध अपराधलाई नियतवश् गरिएका पाशविक हिंसात्मक जघन्य अपराधमा उनले सर्वसाधारण नागरिकहरुका हात खुट्टा काटेर फाल्ने, टाउको गिड्याउने र ती टाउकोहरु चौकी चौकीमा झुण्ड्याएर दहशत फैलाउन प्रदर्शन गर्ने, आम महिला र केटीहरुलाई बलात्कार गर्दै त्रास फैलाएका घटनाहरु भनेर लेखेका छन् । श्रोत –मेट्रो, सुमल, मेस