निर्वाचन तयारीका लागि कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधि

निर्वाचन तयारीका लागि कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधि


आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनको तयारीको लागि नेपाली कांग्रेसले पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिहरु खटाएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले हिजो आइतबार पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्दै अत्यधिक मतका साथ पार्टी र उम्मेद्वारलाई विजयी गराउन केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो ।

कांग्रेस केन्द्रिय कार्यालयले जनाएअनुसार सोलुखुम्बुमा खिलानाथ दाहाल, संखुवासभामा धना खतिवडा, भोजपुरमा तारामान गुरुङ, ओखलढुंगामा मृदुला कोइराला, ताप्लेजुङमा केशवकुमार बुढाथोकी, पाँचथरमा वेनुपराज प्रसाईँ, खोटाङमा रमा पौडेल, नुवाकोटमा प्रा. वासुदेव घिमिरे, रसुवामा बहादुरसिंह लामालाई पार्टी प्रतिनिधिका रुपमा खटाउने निर्णय गरेको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसले धादिङमा रामेश्वर उपाध्याय, सिन्धुपाल्चोकमा मीन विश्वकर्मा, दोलखामा पुष्पा भुषाल, रामेछापमा शोभाकर पराजुली, मुस्ताङमा शोभियतबहादुर अधिकारी, म्याग्दीमा तिलक रानाभाट, बाग्लुङमा कुमार खड्का, मनाङमा डा. हिमलाल घिमिरे, लमजुङमा धनबहादुर मास्की राना, गोरखामा भेषराज दुवाडी, रूकुम (पूर्वी)मा कृष्ण कार्की, रोल्पामा पार्वता डिसी चौधरी, रुकुम (पश्चिम)मा गेहेन्द्र गिरीलाई खटाएको छ ।

यसैगरी, जाजरकोटमा गोविन्द मल्ल, हुम्लामा डा प्रमोद अर्याल, मुगुमा डिल्लीराज तिवारी, जुम्लामा सरस्वती शाह, कालीकोटमा आशा विक, डोल्पामा विद्या खनाल, दार्चुलामा नरेन्द्रसिंह भण्डारी, बझाङमा शंकरप्रसाद पाण्डे, बाजुरामा अरुणप्रकाश सिंह राठौर तथा बैतडीमा दिलेन्द्रप्रसाद बडूलाई खटाउने निर्णय गरिएको जनाइएको छ ।