बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता आगामी शनिबार हुने भएको छ । प्रतियोगिता मंसिर २ गते संचालन हुने बाह्रखरी मिडिया प्रालिले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
एक दिने प्रतियोगितामा ग्लेनेइगल्सद्वारा डिजाइन गरिएको गोकर्ण गल्फ क्लबमा हुने छ । प्रतियोगितामा कर्पोरेट क्षेत्रमा काम गर्दै आइरहेका ९० देखि १०० गल्फरहरुले सहभागिता जनाउने प्रतियोगिता संयोजक तथा गोकर्ण गल्फ क्लबका सिनियर डिरेक्टर दिपक आचार्यले जानकारी दिए । प्रतियोगिता संयोजक आचार्यले हालसम्म ९० खेलाडीले नाम दर्ता गराईसकेको जानकारी दिए ।
प्रतियोगिता १८ होलमा ३४ हेन्डीक्याम्प स्टेबलफोर्ड फर्मयाटमा हुने छ । प्रतियोगितामा होल इन वन गर्ने खेलाडीले टाटा कम्पनीको जेष्ट गाडी पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै बिजेताहरुले ट्रफी तथा गिफ्ट हाम्पर प्राप्त गर्ने छन् । प्रतियोगितामा बेष्ट ग्रस, लंगेष्ट डाइभ, क्लोजेस्ट टु द पिन तथा मोस्ट बर्डिज समेत पुरस्कृत हुने छन् ।
एनआईसी एसिया बैंकको मुख्य प्रायोजकमा हुने प्रतियोगिता आगामी बर्षपनि हुने बाह्रखरी मिडिया प्रालिका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले जानकारी दिए । यस्तै प्रतियोगितामा प्रिमियम प्रायोजक टाटा मोटर्स रहेको छ ।
प्रतिक्रिया