चार डिआइजी एआईजीमा बढुवा

चार डिआइजी एआईजीमा बढुवा


सरकारले चार डिआइजीलाई एआइजीमा बढुवा गरेको छ । सोमबार अबेर गरी प्रधानमन्त्री कार्यालयका सविच, गृहसचिव र प्रहरी महानिरीक्षको बढुवा समितिको बैठक बसी डिआजी हेमन्तबहादुर पाल, डिआजी मधुप्रसाद पुडासैनी, डिआजी माधवप्रसाद नेपाल र डिआजी पंकज श्रेष्ठलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो ।

यी डिआईजीहरुको बढुवाका लागि सरकारले दरबन्दी थप गरेको थियो, तर प्रहरी महानिरीक्षक प्रकाश अर्याल भने यसमा असहमत रहेका श्रोत बताउँछ । निर्वाचन आचारसंहिताले सरुवा बढुवामा रोक लगाएको भएपनि निर्वाचन आयोगसँग समहति लिएरै बढुवा गरिएको बुझिएको छ ।