बेलायती महारानीको राज्यारोहणको साठी वर्ष

बेलायती महारानीको राज्यारोहणको साठी वर्ष


लण्डन । बेलायती महारानीको राज्यको गद्द्याआरोहणको साठी वर्षपुगेको उपलक्ष्यमा मुलुकभरि विभिन्न कार्यक्रमहरु गरी हिरक जयन्ती आजैका दिनबाट आधिकारिक रुपमा मनाइँदै छ । सन् १९५२ को फेब्रुवरी ६ तारिखको दिनमा राजगद्दीमा प्रवेश गरेर सोही सालको जुन २का दिनबाट शासनको वागडोर पच्चीस वर्षो उमेरमा आफ्नो हातमा लिएकी महारानी एलिजावेथले विगत छ दशक समय उस्तै उत्साहका साथ राजकाजमा बिताउँदै आएकी छिन् । यूकेलगायत अन्य १५ वटा कमनवेल्थ देशहरुलाई नेतृत्व गर्दै आएकी महारानीले संसारमा विभिन्न परिवर्तनहरु व्यहोरेकी छिन् ।

हिजोबाट लगातार चारदिन अर्थात् २ तारिखदेखि ५ तारिखसम्म यूकेलगायत अन्य विभिन्न १५वटा मनवेल्थ देशहरुमा रानीको गद्दी आरोहणको हिरक जयन्ती मनाइने घटनाहरुलाई संसारभरका विभिन्न समाचार माध्यमहरुले देखाइरहेका छन् । सन् १९५२मा विभिन्न ३२ वटा कमनवेल्थ कन्ट्रीहरुको हेड अफ स्टेट भएकी रानी अहिले यूकेसहित १६ वटाके हेड अफ स्टेट रहेकी छिन् । विभिन्न १२ जना प्रधानमन्त्रीहरु आफ्नो यस ६० वर्षम्मको अवधिमा रानीले भोगिसकेकी छिन् । उनले १४ जना न्यूजिल्याण्डका, १२ जना अष्ट्रेलियाका र ११ जना क्यानाडाका प्रधानमन्त्रीहरु व्यहोरेकिछिन् । समस्टीरुपमा नर्दन आयरल्याण्डका गरी रानीले १६० जना प्रधानमन्त्रीहरु व्यहोरिसकेकिछिन् ।

यस जुब्ली वीकेन्ड यूकेको इतिहासमा ओलम्पिकपछिको महत्वपूर्ण राष्ट्रिय इभेन्ट मानिएको छ र त्यसैअनुरुप आम देशबासीहरुमा राष्ट्रियरुपमै उत्साहजनक प्रदर्शनीहरु भइरहेका छन् । आज थेम्स नदीका हजारौं डुंगाहरुको प्रतियोगितात्मक सहभागिता अपरान्ह २ बजेदेखि हुँदैछ, जस्तो इतिहासमा नै पहिला कहिल्यै भएको थिएन । डायमण्ड जुब्ली होर्स रेस, बिकनस्, कन्सर्ट, तथा थ्यांक गिभिङ्स जस्ता कार्यक्रमहरु यस जुब्ली विकेन्डमा गरिने भएका छन् । त्यसको लागि लण्डनका विभिन्न सडकहरु र्सार्वजनिक रुपमा यातायातका लागि बन्द भएका छन् । -नीर, मेस