राखेपका अनिवार्य अवकास प्राप्त कर्मचारी सम्मानित

राखेपका अनिवार्य अवकास प्राप्त कर्मचारी सम्मानित


राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले अनिवार्य अवकास पाएका राखेपका कर्मचारीलाई सम्मान गरेको छ ।

उमेर हद (५८ वर्ष) का कारण २०७३ साल कात्तिकदेखि २०७४ साल कात्तिकसम्म अनिवार्य अवकास पाएका १५ प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा कुस्तीका विद्यासागर पोखरेल, भारोत्तोलनका तिलकबहादुर राउत, कबड्डीका रतिया राजवंशी, क्रिकेटका अरुणकुमार अर्याल, लेखा अधिकृत बालेश्वर ठाकुर, फुटबलका राजुकाजी शाक्य, करातेका पाल्छाङ हेन्जन, ह्यान्डबलका जीवन बस्नेत, भलिबलका लालबहादुर मल्ल, नासु सूर्यबहादुर श्रेष्ठ, जिम्न्याष्टिकका मिलन भुजु, करातेका अक्बर शाह, स्टोर किपर सेर्वोले जिरेल, करातेका महेशकुमार श्रेष्ठ र एथलेटिक्सका मनोहर दाहाल छन् ।

सो अवसरमा राखेपले राखेपअन्तर्गत सामान्य प्रशासन शाखाकी लेखापाल गीता ज्ञवालीलाई परिषद् सेवा पुरस्कारबाट पुरस्कृत गरेको थियो । ज्ञवालीलाई सम्मान पत्र र नगद १० हजारसहित सम्मान गरिएको थियो । राखेप कर्मचारी संघको अघिल्लो कार्यसमितिका पदाधिकारीलाई सम्मानसहित बिदाइ गरिएको थियो ।

युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र राखेपका कर्मचारी संघका नवनिर्वाचित अध्यक्ष रञ्जन थापाले उनीहरुलाई सम्मान गरेका थिए । त्यसै राखेप कर्मचारी संघका नवनिर्वाचित पदाधिकारीले पनि पदस्थापन गरेका थिए ।