हेम्स स्कुलको आयोजनामा हुने प्रथम हेम्स कप थ्री अन थ्री अन्तरविद्यालय बास्केटबल प्रतियोगतामा विभिन्न विद्यालयका ५६ टिम सहभागी हुने भएका छन् ।
मंगलबारदेखि सुरु हुने प्रतियोगितामा सिनियर ब्वाइज र गल्र्स तथा जुनियर ब्वाइजमा गरी जम्मा ५६ टिम सहभागी हुने हेम्सका एकेडेमिक डाइरेक्टर एसके गौतमले जानकारी गराएका छन् ।
सिनियर र जुनियर ब्वाइजमा समान २०–२० तथा सिनियर गल्र्समा १६ टिमले भाग लिने छन् । सहभागी टिमलाई विभिन्न ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
प्रतियोगता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने हेम्सका भाइस प्रिन्सिपल सुजनबाबु भट्टले जानकारी दिए । तीनदिने प्रतियोगिताका खेलहरु रातोपुलस्थित आयोजक हेम्सकै कोर्टमा हुनेछन् ।
प्रतिक्रिया