एसीसी यू–१९ युथ एसिया कपअन्तर्गत समूहको अन्तिम खेलमा आयोजक मलेसियाले नेपाललाई ४६ रनको लक्ष्य दिएको छ।
वर्षाले प्रभावित बनेपछि २४ ओभरमा घटाइएको खेलमा मलेसिया पूरै ओभर समेत खेल्न सकेन। नेपालको धारिलो बलिङसामु मलेसिया १५.३ ओभरमा ४५ रनमै अलआउट भयो ।
मलेसियाली इनिङ्स ध्वस्त पार्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए। यस्तै कप्तान दीपेन्द्र सिंह ऐरी र शहाब आलमले २-२ विकेट लिए। अनिल शाहले १ विकेट झारे।
प्रतिक्रिया