ओलम्पिक चार्टरअनुसार जीवनरामको उम्मेदवारी गैरकानुनी

ओलम्पिक चार्टरअनुसार जीवनरामको उम्मेदवारी गैरकानुनी


श्रीविक्रम भण्डारी

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को चार्टरमा उल्लेखित नियमको पालना गर्ने हो भने सर्वोच्चद्वारा अवैधानिक घोषित नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आउँदो प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिन नपाउने खुलासा भएको छ । यस्तो अवस्थामा पनि श्रेष्ठले उम्मेदवारी दिए त्यो गैरकानुनी हुनेछ । यदि उनले उम्मेदवारी दिने हो भने ओलम्पिक कमिटीको अध्यक्ष पदवाट राजिनामा गर्नुपर्ने देखिन्छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाकले २०१६ मा पेस गरेको प्रतिवेदनले समेत यो कुरालाई पुस्टि गरेको छ । उक्त प्रतिवेदनमा ओलम्पिक कमिटीको नेतृत्वमा रहेको व्यक्ति वा पदाधिकारीले राजनीतिक दलमा आवद्ध एवम् पूर्णकालिन कार्यकर्ता हुन नपाउने स्पष्ट प्राबधान रहेको छ । वाकले पेश गरेको प्रतिबेदन र ओलम्पिक चार्टरमा उल्लेखित भए बमोजिम प्रत्यक्षरुपमा राजनीति गर्ने व्यक्ति ओलम्पिक कमिटीमा बस्न नपाउने व्यवस्था छ ।

तर विडम्वना, जीवनराम श्रेष्ठ विगत डेढ दसकदेखि पार्टीको राजनीति ओलम्पिक कमिटीको पदाधिकारीको रुपमा समेत कार्यरत रहदै आएका छन् । वर्तमान अवस्थामा नेकपा एमालेको केन्द्रीय कमिटीको सदस्य हुनुको साथै उक्त पार्टीको उम्मेदवार समेत बनेका श्रेष्ठलाई ओलम्पिक चार्टर विपरित कार्य गर्दा कस्ले कारवाहि गर्ने त्यो चर्चाको विषय बनेको छ । आफ्नो व्यक्तिगत दुनो सोझ्याउन ओलम्पिक चार्टरलाई अघि सार्दै आएका श्रेष्ठले अहिले सोहि ओलम्पिक चार्टरको विपरित कार्य गरेका छन । जस्ले राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुनलाई चुनौंति दिएको दिएको छ ।

जीवनराम श्रेष्ठको उम्मेदवारी गैरकानुनी भएको भन्दै खेलकुदका केहि पदाधिकारी श्रेष्ठको उम्मेद्वारी खारेजीको निर्वाचन आयोग पुगेका थिए । तर निर्वाचन आयोगले ति पदाधिकारीहरुको निवेदन दर्ता गर्न नमानेको समाचार प्राप्त भएको छ । निर्वाचन आयोगले निबेदन दर्ता गर्न नमानेपछि आक्रोशित ति पदाधिकारीले अव अदालतमा उजुरी दर्ता गराउने जानकारी प्राप्त भएको छ ।