फोरमको घर–दैलोमा यादवको चर्चा

फोरमको घर–दैलोमा यादवको चर्चा


वीरगञ्जको छप्कैया र घुसुकपुरमा संघीय समाजवादी फोरम नेपालले पर्सा क्षेत्र नम्बर १ अन्तर्गत चुनावी घरदैलो अभियान सुरु गरेको छ । घरदैलो गर्ने क्रममा स्थानीयले उत्साहजनक रुपमा फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष एवम् फोरम–राजपा गठबन्धनको तर्फबाट पर्सा क्षेत्र १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप यादवलगायत घरदैलोमा सहभागी नेता–कार्यकर्तालाई स्वागत गरेका छन् ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले संविधानमा मधेश र मधेसीको हक अधिकार बहाली गर्न गरेको गत मधेश आन्दोलनमा जनपरिचालन समितिको संयोजक भएर अहोरात्र खटेका यादव मधेश भावनासँग जोडिएका आममानिसका लागि आकर्षणका केन्द्र बनेका छन् । कतिपयले यादवलाई घरकोदैलोमा आएको देखेर स्वागत गरे । मधेशको सच्चा पहरेदारको रुपमा यादवको पहिचान छ । घरदैलोका क्रममा स्थानीय मतदाताले गरेको स्वागत र दर्शाएको हार्दिकता हेर्दा यादवको जित सुनिश्चित भएको टिप्पणी गर्न थालिएको छ ।

त्यसैगरी घरदैलोमा सामेल मधेशका बौद्धिक नेता लालबाबु राउत गद्दीलाई पनि जनताले घरदैलोमा स्वागत गर्दै जितको लागि शुभकामना दिएका छन् । घरदैलोमा पुर्वमन्त्री करिमा बेगम, युवा नेता सुशील साह कानु, फोरम नेपालका प्रदेश सचिव सलाउदीन अहमद, युवा नेताहरू, इश्वर यादव, प्रकाश शर्मा, कुन्दक सिंह कुर्मी, अमोद यादव, दिपराज बर्मा, निखिल बर्णवाल, रोहित बर्णवाल लगायतको सहभागिता थियो ।

– प्रणय साह