७ किलो ८ सय ग्राम चरेश सहित ४ जना पक्राउ

७ किलो ८ सय ग्राम चरेश सहित ४ जना पक्राउ


७ किलो ८ सय ग्राम लागु औषध चरेश सहित ४ जनालाई प्रहरीले धनगढी उपमहानगरपालिका ४ बाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङका सुर्मा गाउँपालिका वडा नं. १ का कविराम बोहरा, नरेन्द्र बोहरा, पुस्कर बोहरा र सुनिल बोहरा छन् ।

लागु औषध चरेशको कारोबार गरी रहेका भन्ने गोप्य सुचनाको आधारमा उनीहरुको कोठामा खान तलासीको क्रममा प्रहरीले उक्त परिमाणमा चरेश फेला पारेको हो ।

चरेश सहित पक्राउ चारै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा राखेको प्रहरी नायव उपरीक्षक वीर बहादुर बुढा मगरले बताए ।