नेपाल सेमिफाइनलमा, डिफेन्डिङ च्याम्पियन भारत बाहिरियो

नेपाल सेमिफाइनलमा, डिफेन्डिङ च्याम्पियन भारत बाहिरियो


उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा नेपालले मलेसियालाई साथै बंगलादेशले भारतलाई पराजित गरेपछि सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबार नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो । यसअघि नेपालले आइतबार भारतलाई पराजित गरेको थियो । मंगलबार बंगलादेशसँग ८ विकेटले पराजित भएपछि डिफेन्डिङ च्याम्पियन भारत समूह चरणबाटै बाहिरिएको छ ।

समूह ‘ए’ बाट नेपाल र बंगलादेश साथै समूह ‘बी’ बाट अफगानिस्तान र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् । समूह ‘ए’ को उपविजेता नेपालले समूह ‘बी’ को विजेता अफगानिस्तानसँग आउँदो शुक्रबार खेल्नेछ ।  नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो । यसअघि नेपालले आइतबार भारतलाई पराजित गरेको थियो । मंगलबार बंगलादेशसँग पराजित भएपछि डिफेन्डिङ च्याम्यिन भारत समूह चरणबाटै बाहिरिएको छ । वर्षाले प्रभावित भएर ३२ ओभरमा झारिएको खेलमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको भारतले ३२ ओभरमा ८ विकेट जाँदा १ सय ८७ रन बनाएको थियो ।

बंगलादेशको जितमा पिनाक घोसले ७७ बलमा ८१ रन, मोहम्मद ताउहिद हिदयोले ३२ बलमा ४८ रन साथै नइम शेखले ४४ बलमा ३८, मोहम्मद सइफ हसनले १६ बलमा १६ रन बनाए । मलेसियासँगको जितमा सन्दिप लामिछानेको भूमिका निकै ठूलो रह्यो । उनले खेलमा ४ ओभर ३ बलमा ८ रन खर्चेर ५ विकेट लिए । वर्षाले प्रभावित भएर २४ ओभरमा झारिएको खेलमा मलेसिया १५ ओभर ३ बलमा अलआउट भयो । जसमा ४ ओभर ३ बल गरेका सन्दिप लामिछानेले मात्र ८ रन खर्चेर ५ विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरी र शाहब आलमले समान दुई दुई विकेट लिए ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको मलेसियाले १५ ओभर ३ बलमा सबै विकेट गुमाएर ४५ रन बनाएको हो । उसका लागि सइद अजिज सइद मुबारकले २० तथा विरनदीप जगजित सिंहले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । मलेसियाका ६ ब्याट्सम्यानले रन नै बनाउन सकेनन् । ४६ रनको लक्ष्य पछ्याएको नेपालले पाँच ओभर तीन बलमा लक्ष्य पूरा गरेको हो ।