दंगाकारीहरुलाई कूल १२४ वर्षको जेल

दंगाकारीहरुलाई कूल १२४ वर्षको जेल


लण्डन । हिजो अदालतले ६ जना हतियारधारी पोहोर सालका दंगाकारीहरु जसले एउटा पवबाट प्रहरीहरुमाथि बन्दुक फायर गरेका थिए उनीहरु सबैलाई मिलाएर कूल एकसय चौबीस वर्षको जेल सजाय सुनाएको छ । उनीहरुलाई दिएको यो जेल सजा निकै कडा भएको मानिएको छ । गत साल वर्षयाममा भएको भीषण दंगामा हतियार विहीन् ३० जना प्रहरीहरुलाई आक्रमण गर्ने लक्ष्य राखेर प्रहरी हेलिकप्टरलाई धरापमा पारेर गोली प्रहार गरेको अपराधमा जेल सजाय दिएको कुरा प्रकाशमा आएको छ । न्यायधीश विलियम डेभिड, क्यूसीले उनीहरुलाई अदालतमा लगभग प्रत्येक एक जनालाई ३० वर्षको हिसाबले सजाय सुनाउँदा ….तर भाग्यको कुराचाँहि कसैलाई केही भएन, यदि हेलिकप्टरलाई केही क्षति भएर दुर्घटनाग्रस्त भएको भए यो मुद्धाले अर्कै मोड लिनेथियो, उनीहरुले प्रहरीहरुलाई धरापमा पारेर आक्रमण गर्ने लक्ष्य राखेका थिए … भनेका थिए ।
०९ अगस्त २०११को दिन बार्टन आमको बाहिर बर्मिङहामस्थित अस्टनमा ४१ जना नकाबधारी दंगाकारी मध्येका एक जना १७ वर्षिय केटा ती ६ जना सजाय पाउने अपराधी मध्येका एक जना छन् । दंगाकारीहरुले त्यस पवलाई तोडफोड गरेर आगो लगाई दिएका थिए । त्यतिबेला त्यस भवनको माथिल्लो तल्लामा चार जना व्यक्तिहरु थिए । प्रहरी गश्ती कार छेउबाट गुज्रिरहेको बेलामा गश्ती कारलाई लक्षित गरी मिसाइल प्रहार गरेका थिए साथै दंगाकारीहरुले पेट्रोल बम सल्काउँदै प्रहार गरेका थिए । अदालतमा सुनवाइको दौरान चारवटा शटगन दंगाकारीहरुसँग रहेको र ती शटगनहरुबाट १२ राउण्ड गोली फायर भएको कुरा बताएको थियो । उनीहरुले दुई राउण्ड फायर हेलिकप्टर माथि पनि दागेका थिए । असिस्टेन्ट चिफ कन्स्टेबल गारेथ कानले …राम्रो छानबिन् गरेको भए यो आपराधिक घटनालाई सजिलै हत्याकाण्डको मुद्धामा ल्याउन सकिन्थ्यो अझ हेलिकप्टर खसेको भए त झनै यो घट्नाले गम्भीर मोड लिने थियो … भनेका छन् ।
२७ वर्षीय जसमिन् लिविस, २६ वर्षीय निकोलास फ्रान्सिस, २५ वर्षीय वइन कोलिन्स, रेनार्डो फारेल तथा टाइरोन ल्याइड्लेलाई बन्दुक बोकेको, लूटपाट, तोडफोड र दंगा गरेको अभियोगमा १८ वर्षदेखि ३० वर्षसम्मको जेल सजाय दिएको छ । १७ वर्षीय अमिरुल रहमानलाई हतियार बोकेको तथा लूटपाटको अभियोगमा १२ वर्षको जेल सजा सुनाएको छ । श्रोत – मेट्रो, सुमल, मेस ।