सत्ता कब्जाकै लागि भएको खुलाशा

सत्ता कब्जाकै लागि भएको खुलाशा


काठमाण्डौं । संकट समाधानका लागि विभिन्न विकल्पबारे चर्चा भइरहेका बेला तामाङ राष्ट्रिय मुक्ति मोर्चाले काठमाण्डौंमा आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले आफ्नो विचार यसरी राखेका थिए– ‘सत्ता तिनको बाउको पेवा हो र ? हिजो एक भाषा, एक धर्म र एक संस्कृतिका आधारमा २ सय ४० वर्ष तिनले खाए, अब ५ सय वर्ष अरूले खान्छौं। मलाई ढाँट्नु छैन। यो सत्ता कब्जाकै लागि हो।’ आफूहरूले हतियार बुझाए पनि ३ करोड जनताको हतियार प्राप्त भएकाले कसैसँग नझुक्ने प्रचण्डको जिकिर थियो। मलाई केही थोत्रा हतियार बुझाएको र सेना समायोजन गरेकामा कुनै पछुतो छैन, प्रचण्डले भनेका थिए-‘नेपालमा भएका सबै हतियार हाम्रा भएका छन्।
प्रचण्डले आफ्नो पार्टी संविधानसभा पुनस्र्थापना वा गोलमेच सम्मेलनको पक्षमा नरहेको स्पष्ट पार्दै संविधानसभा नेपाली जनताको ६ दशक लामो संघर्ष र बलिदानबाट स्थापित एजेन्डा भएकाले त्यसबाहेक दोस्रो विकल्पका लागि आफूहरू तयार नरहेको उनको भनाइ थियो। चारपटक चुनाव गराएरै भए पनि संविधानसभाबाटै संविधान जारी गर्नुपर्नेमा प्रचण्डको जोड थियो।-देब, केस, काठमाण्डौं ।