अल्डरसट । यही बुधबार जुन १३ का दिन युनाइटेड ब्रिटिश गोर्खा एक्स सर्भिसम्यान एशोसियसन (यूवीजीईए)ले अल्डरसटमा हस्ताक्षर अभियान गर्ने भएको हुँदा सबै गोर्खा दाजुभाइ तथा दिदी-बहिनीहरुलाई यस कार्यक्रममा सहभागी बनिदिनको लागि उक्त एसोसिएसनले हार्दिक अनुरोध गरेको व्यहोरा सार्वजनिक गरेको छ ।
विशेषगरी रशमुरका स्थानीय बासिन्दाहरुले गोर्खालीविरुद्ध विभिन्न कार्यक्रमहरु गरेको अवस्थामा हाम्रा रशमुरमा बस्ने दाजुभाइ, दिदी-बहिनीहरु पनि अल्डरसटमा हुन गइरहेको हस्ताक्षर अभियानमा भाग लिएर आफ्नो हक अधिकारको लागि आवाज उठाउन् भन्ने सो संस्थाले आशा गरेको छ ।
यूवीजीईएका सदस्यहरु अल्डरसटभन्दा बाहिर बसेर भए पनि अल्डरसट क्षेत्रमा गोर्खालीको हकको लागि कार्यक्रम गर्न उत्साहित भएका छन् भने रशमुरमा बस्ने सबै गोर्खालीहरुले उक्त कार्यक्रममा भाग लिएर गोर्खालीका समस्याहरुप्रति समर्थन देखाइदिनेछ भन्ने संस्थाको आशा रहेको सोही खबरमा जनाइएको छ । कार्यक्रम अल्डरसटको हाइस्ट्रिट क्षेत्रमा विहान १०४५ बजे हुने भएको छ ।-दीपक मास्के
प्रतिक्रिया