लण्डन । हिजो गृहसचिव टेरिसा मेले अब उपरान्त बिदेशी अपराधीहरुलाई देश निकाल गर्ने विषयमा पारिवारिक मानव अधिकारको प्रसंगले बेलायतको बसाइमा नरोक्ने कुरा बताएकी छिन् । उनका अनुसार न्यायधीशहरुलाई युरोपियन कन्भेन्शन् अन हृयूम्यान र्राईट्सको धारा आठ बमोजिमको पारिवारिक मुल्यलाई मान्यता दिईने कुरामा अपराधीहरुलाई वञ्चित गराउने सूचना सम्बोधन गर्ने कुरा बताएकी छिन् । बीबीसीका एन्ड्रियु मारलाई एउटा अन्तरवार्तामा उनले पार्लियामेन्टमा यस मुद्धालाई आफूले सम्बोधन गरेर न्यायधीशहरुलाई मार्ग निर्देशन गर्ने कुरा भनेकी थिईन् ।
यदि अदालतले यसलाई अवहेलना गरेमा न्यायधीशहरुलाई सचेत गरिने कानून ल्याउने कुरा भनेकी थिईन् । उनले … अर्थ व्यवस्था सुदृढ बनाउन, बाहिरी मुलुकका मानिसहरु देशभित्र भित्रिइने कुरालाई नियन्त्रण गर्ने र आम नागरिकहरुका सुरक्षाका लागि राज्यलाई पारिवारिक जीवन सुरक्षित राख्ने हक दिएको छ… भनेकी थिईन् । गैर युरोपियन संघका नागरिकहरुले आफ्नो पति वा पत्नीलाई बेलायत ल्याउनका लागि नयाँ आर्थिक स्वतन्त्र कानूनबमोजिम बेलायती नागरिकको न्यूनतम आय वाषिर्क १८६०० पाउण्ड हुनुपर्ने कुरा गृहसचिव टेरिसाले सकारेकी छिन् । बेलायतमा बसाइसराइ गरी बस्ने गैरबेलायतीहरुले निर्धारित तहसम्मको अङ्ग्रेजी बोल्ने परिक्षा पनि उतिर्ण गर्नुपर्ने हुन्छ । लिबर्टी निर्देशक शामी चक्रवर्तीले अध्यागमन नियन्त्रणका लागि धारा आठले दिएको कानूनी अधिकारको औचित्य मापनलाई सरकारले सधै विचार गर्दै आएको कुरा बताएका छन् र उनले गृहसचिवले व्यक्त गरेका भनाईहरुलाई समर्थन गरेका छन् । तर छाया गृहसचिव वोइभेट कूपरले भने यसबाट केही आपराधीहरुलाई देश निकाल गर्नुबाहेक यूके बोर्डर एजेन्सीमा खासै सुधार नआएको कुरा व्यक्त गरेका छन् । श्रोत – मेट्रो, सुमल, मेस ।
प्रतिक्रिया