शरद गौचनको हत्यामा संलग्न थप २ जना पक्राउ

शरद गौचनको हत्यामा संलग्न थप २ जना पक्राउ


निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गर्ने गिरोहका थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौंको कपनबाट २ वटा पेस्तोल र १० राउण्ड गोलीसहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकामा बसन्त थेवे र धनराज योङहाङ रहेका छन् ।

उनीहरुले गौचन घरबाट बाहिर निस्केको सूचना सुटरलाई दिनुका साथै हत्यामा प्रयो गरिएको हतियार लुकाउन मद्दत गरेको प्रहरीको दाबी छ ।

मुख्य सुटरसहित ५ जनालाई प्रहरीले ३७ दिनपछि मंगलबार पक्राउ गरी सार्वजनिक गरेको थियो । असोज २३ गते शान्तिनगरस्थित घरबाट निस्केका गौचनलाई दिउँसो पौने ३ बजे मोटरसाइकलमा आएका दुई युवाले गाडीभित्रै गोली हानेका थिए ।

यता प्रहरीले हत्याका मुख्य योजनाकार भनिएकाहरुलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन् ।