लण्डन । वैज्ञानिकहरुले गनोरिया रोगका किटाणु दवाइद्वारा निदान गर्न नसक्ने अर्थात् सुपरबग स्ट्रैन बनिसकेको कारणले गर्दा यो रोग युरोपभरि तीव्र गतिमा फैलिरहेको कुरा प्रकाश पारेका छन् । प्रत्येक यौनजन्य रोग लागेका दशजनामध्ये एकजना गनोरिया रोगको ब्याक्टरियाबाट सङ्क्रमण भएको तथ्याङ्क प्राप्त भएको छ जुनरोगको निदान यदि छिप्पिइसकेको छ भने अब दवाइद्वारा उपचार हुन नसक्ने कुरा सम्प्रेषण गरेका छन् । स्वास्थ्य कर्मचारीहरुका अनुसार गत वर्ष यो नराम्रो रोग लागेका रोगीहरुको संख्या दुई गुणा बढेको थियो । सन् २०१०सालमा सङ्क्रमित यौनरोग लाग्नेहरुमा प्रायः क्यामडिया (यौन सङ्क्रमण) गनोरिया रोग बढी सङ्क्रमित भएको कुरा प्राप्त भएको थियो । पोहोर विश्वभरि ३२,००० व्यक्तिहरुमा यो निको पार्न नसक्ने रोग फैलिएकोले सोचनीय स्थिति बनेको कुरा प्रकाश पारेको छ ।
स्टकहोम स्थित युरोपियन सेन्टर फर डिजिस प्रिभेन्शनका मार्क स्पेन्सरले गनोरिया रोगको सङ्क्रमणयुक्त ब्याक्टरियालाई निदान गर्न नसक्ने खालको भएको छ भनेका छन् र यो १७ वटा कन्टिनेन्टल देशहरुमा फैलिसकेको कुरा बताएका छन् । मार्क स्पेन्सरका अनुसार भविष्यमा यस बिमारीको किटाणु बलियो हुँदै गएमा यसलाई निदान गर्नै नसक्ने हुँदा यसका लागि सावधान रहनुपर्नेृ कुरा बताएका छन् । गनोरिया ब्याक्टरियाबाट सङ्क्रमण हुने रोग हो । यदि यसलाई उपचार नगरी छाडे यसको असर विकराल हुँदै यौनाङ्गमाथि अथवा कमरभन्दा मुनिको पेल्भिस क्षेत्रमा सङ्क्रमण, गर्भ नरहने, तुहिने, गर्भमा बच्चालाई सङ्क्रमण, जन्मेपछि बच्चाको आँखामा सङ्क्रमण तथा निःसन्तान हुनसक्ने समष्याहरु हुन सक्छ । विश्व स्वास्थ्य संगठनले गनोरिया निदान हुन नसक्ने कुरा विश्वभरि सावधान गर्दै सम्प्रेषण गरेको छ । हाल यस बिमारीको सङ्क्रमण दक्षिणपूर्व एसिया र अफ्रिकी सहारा क्षेत्रका मुलुकहरुमा बढी फैलिएको छ । श्रोत – मेट्रो, सुमल, मेस ।
प्रतिक्रिया