लण्डन । आज बिहान बुधवारको दिन उत्तरी तथा मध्य इराकस्थित सडक छेउहरुमा राखिएका कारबमहरु लगातार विष्फोटन हुँदा ५८ जना तीर्थयात्रीहरु मारिएका तथा १५८ जना जति घाइते भएको खबर आएको छ । एउटै धर्मभित्रका दुइटा खेमाबीच शताब्दियौदेखिको मतभिन्नताले सिर्जना गरेको हत्याहिंसा अहिले चुलिँदै आएको छ ।
हिजो मारिएका तीर्थयात्रीहरु सबै शित्ते मुसलमानहरु थिए । विगत एक दशकदेखि सुन्नी र शित्ते मुसलमानहरुबीच हत्या र हिंसा भड्किरहेको छ । यस्ता हिंसात्मक क्रियाकलापबाट हजारौ मानिसहरुको मृत्यु भइरकेका कुरा लगातार छापाहरुमा दिइरहेका छन् । उत्तरपश्चिम बागदादको काधिम्या शित्ते क्षेत्रमा आइतवारको दिनमा भएको बम विष्फोटनबाट सात जना मारिनुका साथ २० जना घाइते भएका थिए । त्यसपछिको यो सिलसिलावर हमला रहेको कुरा प्रकाश पारेको छ ।
गत शनिवारको दिनदेखि शित्ते मुसलमानहरुका १२ जना इमाम मध्येका एक जना इमाम माउसा अल कधिमका पूण्यतिथिको अवसरमा, प्रत्येकवर्ष शित्तेहरु लाखौंका संख्यामा पैदल हिडेर अथवा कार चढेर वार्षिकी मनाउन गइरहेका छन् । धेरै शित्तेहरु देशभरिबाट तथा विशेषगरी इराकका दक्षिणी प्रान्तहरुबाट आउने गर्छन् । बगदाद स्थित अल कधिम्य इस्लाम धर्मको शित्ते शाखाका अनुयायीहरुका लागि पवित्र स्थल मानिन्छ । हिजो बिहान भएको आक्रमण गत साल फेबु्रअरी महिनादेखि अहिलेसम्म घटेको ठूलो हिंसात्मक घटना मानिएको छ । श्रोत – सीएनएन, सुमल, मेस ।
प्रतिक्रिया