काठमाडौं । नेकपा एमाले स्थायी समितिको शनिबार बसेको बैठकले एमालेका सोलुखुम्बु जिल्ला कमिटीका उपसचिव आङकाजी शेर्पालाई पार्टी साधारण सदस्यताबाटसमेत निष्काशन गरेको छ। जनजाति महासंघका महासचिवसमेत रहेका उनी जातीय राजनीतिमा चर्कोगरी उत्रेपछि विवादित रहँदै आएका थिए। माओवादीको आम सभामा नेतृत्व पक्षलाई अति नै घृणित तवरले भाषणमा भनेपछि उनको व्यवहार एमालेमा अपच्य रहेको थियो । हुन त एमालेबाट साधारण सदस्यतासहित पनि निष्काषित भएको भनिए तापनि उनी धेरै पहिलेदेखि नै एमालेबाट जनजाति कामरेडहरुसहित फुट्दै थिए र सोअनुरुप नै बोलिरहेका थिए ।
आज नै बसेको एमालेको स्थायी बैठकले स्थायी समितिको बैठकले विपक्षीका सभामा गएर उत्तेजित भाषण गरेको र पत्रकारमाथि आक्रमण गर्न उक्साएको भन्दै कारवाही गरेको हो। शुक्रबार राजधानीमा एकीकृत माओवादीले आयोजना गरेको सभामा जनजाति महासंघतर्फबाट सम्बोधन गरेका थिए। सभामा उनले एमाले र कांग्रेस उत्पीडित जातिको अधिकार विरोधी भएको आरोप लगाएका थिए। ‘अब एमालेमा जनजातिका लागि स्थान छैन भन्ने पक्का भयो’ भन्ने आफ्नो बयानलाई अब शेर्पाले सार्वजनिक गर्देछन् ।-देब, मेस काठमाण्डौं
प्रतिक्रिया