प्रचण्डपुत्र प्रकाश दाहालको निधनप्रति नेकपा एमालेले शोक व्यक्त गर्दै गहिरो दुःख प्रकट गरेको छ।
एमाले केन्द्रीय निर्वाचन कमिटीका प्रवक्ता विष्णु रिमालले एक विज्ञप्ति जारी गर्दै दाहालको असामयिक निधनबाट आफ्नो पार्टी स्तब्ध भएको जनाएका छन्।
साथै एमालेले आज दिउँसो २ बजेदेखि ३ बजेसम्म आयोजित देशैभरका चुनावी कार्यक्रम स्थगित गरेको छ। ‘कमरेड प्रकाश दाहालप्रति सम्मान व्यक्त गर्न र नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड, शोकाकुल परिवारजन र नेकपा माओवादी केन्द्रप्रति समवेदन प्रकट गर्न नेकपा एमालेको तर्फबाट आज दिउँसो २ देखि ३ बजेसम्म आयोजना गरिएका पूर्वनिर्धारित सबै चुनावी कार्यक्रम स्थगित गरिएको छ’ विज्ञप्तिमा भनिएको छ।
प्रकाशको हृदयघातका कारण आइतबार बिहान निधन भएको थियो।
प्रतिक्रिया