ग्रामर र बाबालाई बास्केटबल उपाधि

ग्रामर र बाबालाई बास्केटबल उपाधि


ग्रामर र बाबाले प्रथम कान्जिरोवा कप थ्री अन थ्री अन्तरविद्यलय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । ग्रामर ब्वाइज तथा बाबा गल्र्समा च्याम्पियन बनेका हुन् ।

कोटेश्वरस्थित आयोजक कान्जिरोवा नेसनल स्कुलद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ग्रामरले नालान्डालाई १७–१३ ले पराजित गरेको हो । ग्रामरका रमन नापितले ९, सौगात राईले ५ तथा हेमराज सोनीले ३ अंक जोडेका थिए ।

गल्र्सको उपाधि भिडन्तमा बाबाले न्यु भिजनलाई ७–६ को झीनो अन्तरले पराजित गरेको हो । बाबाका सोनाम डिकी लामाले ५ तथा सोनी शेर्पाले २ स्कोर गरेका थिए । ब्वाइजमा ग्रामरका सौगात राई तथा गल्र्समा बाबाकी सोनाम डिकी लामा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।

विजेतालाई पूर्व राष्ट्रिय बास्केटबल खेलाडी रविन्द्र महर्जन, कान्जिरोवाका चेयरम्यान कपिलदेव रेग्मी र प्रिन्सिपल रन्जित थापाले पुरस्कृत गरेका थिए । तीनदिने प्रतियोगिताको ब्वाइजतर्फ १७ र गल्र्समा १४ टिम सहभागी रहेको थियो ।