टोरोन्टो ओपन तेक्वान्दोमा यानकुमारीलाई स्वर्ण

टोरोन्टो ओपन तेक्वान्दोमा यानकुमारीलाई स्वर्ण


टोरोन्टो ओपन तेक्वान्दो प्रतियोगितामा यानकुमारी चौलागाईंले स्वर्ण पदक जितेकी छिन् । सेमिफाइनलमा बाइ पाएर सिधै फाइनलमा प्रवेश गरेकी यानले फाइनलमा आयोजक राष्ट्र क्यानडाकी खेलाडीलाई पराजित गरेर स्वर्ण पदक जितेकी हुन् । यानले ५७ केजी मुनि प्रतिस्पर्धा गरेकी थिइन् ।

टोरोन्टो ओपनमा नेपालबाट तीनजना राष्ट्रिय खेलाडीहरू यानकुमारी चौलागाईं, रोजिना कार्की र ज्ञानी चुनाराले प्रतिस्पर्धा गरेका थिए ।

टोरोन्टोमा युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडरेसनका अध्यक्ष ग्य्राण्ड मास्टर राजकुमार राईले राष्ट्रिय खेलाडीलाई प्रशिक्षण गरेका थिए ।