बाबुराम–कमल थापा मिले, चुनावमा समर्थन गर्ने सहमति

बाबुराम–कमल थापा मिले, चुनावमा समर्थन गर्ने सहमति


नयाँशक्तिका संयोजक बाबुराम भट्टराई र राप्रपा अध्यक्ष कमल थापाबीच चुनावमा एकअर्कालाई समर्थन गर्ने सहमति भएको छ ।

यससँगै मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा चुनावमा दुई दलले गोरखा र मकवानपुरमा अर्को पार्टीका उम्मेदवारलाई सघाउने भएका हुन् ।

दुई पार्टीबीच गोरखा –२ मा नयाँशक्तिका संयोजक बाबुराम भट्टराईलाई राप्रपाले सहयोग गर्ने सहमति भएको समाचार स्रोत बताउछ ।

त्यस्तै मकवानपुर– १ मा राप्रपा अध्यक्ष कमल थापालाई सघाउन नयाँ शक्तिले उम्मेदवारी स्थगन गर्ने निर्णय गरेको छ। दुबै नेता कांग्रेसको समर्थनमा उम्मेदवार बनेका हुन्।