शंकमूलमा अन्तरकलेज फुटसल, विजेतालाई एक लाख

शंकमूलमा अन्तरकलेज फुटसल, विजेतालाई एक लाख


अल्फा बिटा कन्सल्टेन्सीको आयोजनामा हुने प्रथम अल्फा बिटा अन्तरकलेज फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । सो कुराको जानकारी अल्फा बिटाका कार्यकारी अध्यक्ष द्विराज शर्माले पत्रकार सम्मेलनमा गराएका छन् ।

प्रतियोगिता बुधबारदेखि तीनसम्म चल्नेछ । उनले युवालाई खेल मार्फत प्रोसाहन गर्ने उद्देश्यले पहिलो पटक फुटसलबाट औपचारिक रुपमा खेलकुदमा प्रवेश गरेको समेत बताए ।

प्रतियोगतामा १६ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्काले जानकारी दिए । सहभागी टिमलाई ४ समूहमा बाँडेर लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

प्रतियोगिताका अर्का संयोजक सागका कीर्तिमानी स्वर्णधारी तेक्वान्दोका दीपक विष्टले खेलकुदको विकासमा सहयोग पु¥याउन निजी क्षेत्रलाई खेलकुदमा आकर्षित गर्न आवश्यक रहेको बताए ।

प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ६० हजार र तेश्रोले ४० हजार नगद पुरस्कार पाउने छन् । सर्वोत्कृष्ट र सर्वाधिक गोलकर्ता खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ । खेलहरु शंखमूल फुटसलमा खेलाइने छ ।