प्रकाशमानको घरदैलो ‘आक्रामक’ ! (१५ तस्बिर)

प्रकाशमानको घरदैलो ‘आक्रामक’ ! (१५ तस्बिर)


नेपाली काङ्ग्रेस नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ प्रतिनिभिसभातर्फका उम्मेद्वार प्रकाशमान सिंह आफ्नो घरदैलो कार्यक्रमलाई आक्रामक तवरले अघि बढाएका छन् ।

चुनावको मिति नजिकिएसँगै उनले मतदातासँगको आफ्नो भेटघाट कार्यक्रमलाई आक्रामक बनाउँदै लगेका हुन् ।

यसैक्रममा, विहान सातबजेदेखि साँझ पाँच बजेसम्म घरदैलो गरिरहेका सिंह बुधबार विहान डिल्लीबजार, घट्टेकुलो क्षेत्रमा मतदातासँग घरदैलो कार्यक्रम लिएर गएका छन् ।

घट्टेकुलो र डिल्लीबजार क्षेत्रमा मतदातासँगको भेटघाट पछि संक्षिप्त प्रतिक्रिया दिदैँ उनले नयाँ सविधानलाई संस्थागत गर्न नेपाली काँग्रेसको आवश्यकता रहेको बताए ।

निर्वाचन नजिकिँदै गर्दा काङ्ग्रेसलाई मतदान गर्नुपर्छ भन्ने जनविचार बढ्दै गएको समेत उनले बताए । काँग्रेसले गरेको बाचाअनुसार संविधान जारी गरिएको बताउँदै काँग्रेस नेता सिंहले सो संविधानको सफल कार्यान्वयनका लागि काङ्ग्रेसलाई जिताउन सबै मतदातामा आग्रह समेत गरेका छन् ।

काङ्ग्रेस नेता प्रकाशमान सिंहले आज गरेको घरदौलो कार्यक्रमको एक झलक…

काँग्रेस नेता प्रकाशमान सिंहले आज बिहान मतदातालाई सम्बोधन गर्दै गरेको भिडियो

तस्बिर :भिडियो सौं. : युपी लामिछाने