निर्वाचनको मुखैमा आचारसंहिताको धज्जी उडाउदै सरकारले नेपाल प्रहरीका चार डिआइजीलाई एआइजीमा बढुवा गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठलाई एआइजीमा बढुवा गरेको हो ।
यसअघि बढुवा सिफारिस समितिले चारै जनालाई एआइजीमा सिफारिस गरेको थियो । उनीहरु विरुद्ध कुनै पनि उजुरी नआएपछि सरकारले बढुवा गर्ने निर्णय गरेको हो ।
समितिले बढुवा सिफारिस उपर चित्त नबुझे एक साताभित्र उजुरी गर्न सूचना जारी गरे पनि कुनै पनि उजुरी परेको थिएन । निर्वाचन आयोगले चुनाव अवधीभर सरकारलाई सरुवा/बढुवा नगर्न भनेपनि सरकारले त्यसको अटेर गरेको देखिन्छ ।
प्रतिक्रिया