एघारौं एलए कपमा नेसनल कलेज र जेभियर इन्टरनेसनल कलेज च्याम्पियन बनेका छन् । नेसनल ब्वाइज फुटबलमा पहिलो भएको थियो भने बास्केटबलमा जेभियरले ब्वाइज र गल्र्स दुवैमा शीर्ष स्थान हात पारेर दोहोरो उपाधि जितेको थियो ।
हात्तीवनस्थित लिटिल एन्जल्सको मैदानमा भएको ब्वाइज फुटबल फाइनलमा नेसनलले नेपाल कमर्स क्याम्पसलाई २–१ गोलले पराजित गरेको थियो । विजेताले ४० हजार र उपविजेताले २० हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।
नेसनलका विक्रान्त राणा उत्कृष्ट खेलाडी घोषित भए । गोलरक्षकमा नेसनलकै अतुलविक्रम थापा तथा डिफेन्समा एनसीसीका अर्विन पौडेल उत्कृष्ट चुनिएका थिए ।
बास्केटबल फाइनलअन्तर्गत जेभियरले ब्वाइजमा इस्लिङटन तथा गल्र्समा केयूलाई पराजित गरेको थियो । ब्वाइजमा अंकित कोइराला तथा गल्र्समा माया राई ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भएका थिए ।
ब्वाइजमा पहिलो हुनेले २५ हजार तथा दोश्रोले १३ हजार नगद तथा गल्र्सको विजेता २० हजार तथा उपविजेता १० हजार नगदबाट प्राप्त गरेका थिए ।
कात्तिक २६ गतेदेखि सुरु प्रतियोगिताको नकआउट फुटबलमा २९ टिम सहभागी थिए । बास्केटबलको ब्वाइजमा १५ र गल्र्समा ७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया