उनकै यादले हरेकपल यो मुटुलाई फुटाउँछ।।
जसले धेरै माया गर्छ उसैले मन दुस्खाउँछ।।
धूँवा तान्छु, नशा पिउँछु, भुल्नलाई बिगत त्यो,
झनै पो आँखा नजिक उनको तस्वीर आउँछ।।
हाँस्न खोज्छु, बाँच्न खोज्छु, अधुरै सही जीन्दगी,
के गर्नु तर जिन्दगीले नै नमज्जाले रुवाउँछ।।
दुनियासामु बाँचिरहेछु मूर्दाघाटको एक लाशसरी,
यो लाशकोुनि त्यो मायाले रगत-आँशु सुकाउँछ।।
फैसला भयो, हार भयो, सजायुनि भोग्दै नै छु त,
फेरि किनरु त्यो मायाले मलाई, कठघरामा उभ्याउँछ।।
प्रतिक्रिया