एसियाली म्याराथनमा गोपी र होम प्रतिस्पर्धा गर्ने

एसियाली म्याराथनमा गोपी र होम प्रतिस्पर्धा गर्ने


चीनको डोङग्वानमा हुने एसियाली म्याराथन च्याम्पियनसिपमा नेपालका दुई म्याराथन धावकले सहभागिता जनाउने भएका छन ।
नोभेम्बर २६ तारिखमा हुने उक्त म्याराथनमा गोपीचन्द्र पार्की र होमलाल श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन ।

गत सेप्टेम्बरमा राजधानीमा सम्पन्न काठमाडौं म्याराथनको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको एथलेटिक्स संघका सचिव आरके विष्टले जानकारी गराए । २ घण्टा २३ मिनेट ०१ सेकेन्ड गोपी तथा २ घण्टा २२ मिनेट २६ सेकेन्ड होमको उत्कृष्ट टाइमिङ हो ।

टोलीलाई युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मंगलबार बिदाइ गरेका थिए । नेपाल एथलेटिक्स संघका सदस्य दिलबहादुर बलमे अफिसियलको भूमिकामा निभाएका छन ।