मधेश आन्दोलनमा शहीद भएकालाई ५० लाख दिने राजपाको घोषणा (घोषणापत्रसहित)

मधेश आन्दोलनमा शहीद भएकालाई ५० लाख दिने राजपाको घोषणा (घोषणापत्रसहित)


मधेश आन्दोलनमा शहादत दिएका परिवारलाई राष्ट्रिय जनता पार्टी नेपालले ५०/५० लाख रुपैयाँ दिने घोषणा गरेको छ।

महोत्तरीको जलेश्वरमा पार्टीको घोषणा पत्र सार्वजनिक कार्यक्रममा राजपाले मधेश आन्दोलनक सम्पूर्ण शहीदलाई प्रति परिवार ५०/५० लाख दिने घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै राजपा नेता राजेन्द्र महतोले दुई नम्बर प्रदेशमा राजपा-फोरम गठबन्धनको सरकार बन्ने दाबि गर्दै मधेश प्रदेशको सरकारद्वारा शहीद परिवारलाई ५०/५० लाख दिने जानकारी दिए ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनको आह्वान गरेसँगै आन्दोलनमा शहादत दिने लाई ५०/५० लाख रुपैया दिने विवादास्पद निर्णय गर्दा निकै आलोचना भएको थियो ।

राजपाको घोषणा पत्रमा ५० लाख दिने कुरा उल्लेख नभए पनि दुई नम्बर प्रदेशमा आफ्नो सरकार बन्ने निश्चित भएको र प्रादेशिक सरकारद्वारा उक्त रकम उपलब्ध गराउने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै राजपा नेता महतोले शहिद परिवारलाई आर्थिक सहयोग बाहेक प्रादेशिक सरकार अन्तर्गत आउने सरकारी जागिर उपलब्ध गराउने, शहिद परिवारक बच्चाहरुको निशुल्क अध्ययनको व्यवस्था गरिने, शहिद परिवारलाई स्वरोजगारको लागि छुट्टै आर्थिक सहायता उपलब्ध गराइने जानकारी दिए ।

‘मधेश आन्दोलनमा शहादत दिएका कारणनै देशमा संघियता आएको र आफ्नै प्रदेशमा आफ्नै सरकार बन्ने सपना साकार हुँदैछ’ महतोले भने,‘ शहिदको सम्मानमा कुनै आंच आउन नदिने र शहिद परिवारको सम्पूर्ण जिम्मेवारी मधेश सरकार माथि हुने छ ।’

घोषणासभामा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संविधानको पूर्णता, समावेशिताको व्यवहारिक सुनिश्चितता, नागरिकता र भाषिक अधिकारको प्राप्ति एवं समग्र मधेस र थरुहटको द्रत विकासको चाहनासँग आफूहरुले कुनै सम्झौता नगरेको र कदापि नगर्ने स्पष्ट पारे।

दोस्रो संविधानसभाको निर्वाचनपछि अनेकौ अवसर, प्रलोभन र दबाबका बाबजुद राजपा नेपाल स्वयम् वा यसको गठन हुनुभन्दा पहिले यसको कुनैपनि घटक दल सरकारमा नगएको स्मरण गराउँदै ठाकुरले त्यो आफूहरुका लागि सत्ताभन्दा माथि मुद्धा रहेको कुराको प्रमाण रहेको बताए।

घोषणापत्र…