क्यान्सर पीडित पत्रकारलाई पत्रकार महासंघ यूकेको सहयोग

क्यान्सर पीडित पत्रकारलाई पत्रकार महासंघ यूकेको सहयोग


लण्डन । लामो समयदेखि पाठेघरको क्यान्सरबाट पीडित दाङकी पत्रकार शान्ता पौडेललाई नेपाल पत्रकार महासंघ बेलायत शाखाले ५५ हजार रुपैयाँ सहयोग गरेको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाले जुन १९ मा एक कार्यक्रम आयोजना गरी क्यान्सर पीडित पत्रकार पौडेलका श्रीमान् रामप्रसाद पौडेललाई बेलायतबाट प्राप्त सो सहयोग रकम हस्तान्तरण गरेको छ । सो अवसरमा शाखाका अध्यक्ष केएल पीडितले पौडेललाई ५५ हजारको चेक हस्तान्तरण गरेकाथिए । अध्यक्ष पीडितले पत्रकार पौडेलको उपचारमा मद्दत गर्न पहल गरेकोमा नेपाल पत्रकार महासंघ बेलायत शाखालाई हार्दिक धन्यवाद पनि दिएकाथिए ।
पत्रकार शान्ता पौडेल दाङ जिल्लास्थित इन्द्रेणी एफएमकी समाचार प्रमुख हुन् । क्यान्सर रोगका कारण उनी दुई वर्षदेखि थलिएकिछिन् । नेपाल पत्रकार महासंघ, बेलायतले गत जनवरीमा सम्पन्न आफ्नो पहिलो अधिवेसनका अवसरमा श्रीमती पौडेलको उपचारमा सहयोग गर्ने घोषणा गरेको थियो । यस अभियानमा सहयोग गर्ने खुशीमान गुरुङ, ज्ञानराज राई, चिरञ्जीवी ढकाल, कुल आचार्य, भगिरथ योगी र चिरन शर्मालाई शाखाले धन्यवाद दिएको छ ।
-नरेश खपाङ्गीमगर