लामो समय सोनम भट्टाचार्यको प्रेममा रहेका भारतीय फुटबल टीमका कप्तान सुनिल क्षेत्रीले यहि मंसिर ६ गते बुधवार भट्टाचार्यसंग इन्जेगमेन्ट गरेका छन । यी दुवैले औठी साटासाट गरेको भारतीय अखवारहरुले जनाएका छन ।
गुडगाउँस्थित एउटा होटलमा औंठी साटासाट गरेर विवाहको कुरो टुङ्गो लगाएका यो जोडीको विवाह आउँदो डिसेम्वर ४ तारिकमा हुने पक्का भएको छ । क्षेत्रीको विवाह कोलकोता र रिसेप्सन पार्टी २४ डिसेम्वरमा बेंगलुरुमा हुनेछ । नेपाली मुलका क्षेत्रीको मामा घर झापा हो ।
सोनम मोहन बगानका पूर्व चर्चित खेलाडी सुब्रत भट्टाचार्यकि छोरी हुन् । उनले स्कटल्याण्डवाट विजनेस मेनेजमेन्टमा स्नातक गरेकि छिन् ।
प्रतिक्रिया