प्रचण्डले भने, ‘प्रकाशकै कारण दोस्रो पटक सफल प्रधानमन्त्री बनेँ’

प्रचण्डले भने, ‘प्रकाशकै कारण दोस्रो पटक सफल प्रधानमन्त्री बनेँ’


नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले छोरा स्वर्गीय प्रकाश दाहालकै कारण आफ्नो प्रधानमन्त्रीको दोस्रो कार्यकाल सफल भएको बताएका छन् ।

‘सानैदेखि उनी मेरा छोराभन्दा पनि बढी सहकर्मी र सहयोद्धा भए । म इमान्दारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोस्रो कार्यकाल उनको सहयोगबिना सफल हुने थिएन,” प्रकाशको सम्झनामा दाहाल निवासमा बिहीबार आयोजित श्रद्धाञ्जली सभामा बाचन गरिएको कृतज्ञता मन्तव्यमा भनिएको छ ।