मानव तस्करीको विरोधमा परिषदमा तालाबन्दी गर्ने तयारी

मानव तस्करीको विरोधमा परिषदमा तालाबन्दी गर्ने तयारी


– श्रीविक्रम भण्डारी

राष्ट्रिय खेलकुद परिषदका सदस्य फत्तबहादुर गुुरुङले जापानमा गैरखेलाडी तस्कर गरेको सार्वजनिक रुपमा स्वीकारी सक्दा पनि राष्ट्रिय खेलकुद परिषदले कुनै किसिमको कारवाही अगाडि नबढाएपछि खेलाडी तथा प्रशिक्षक संघ आन्दोलनमा उत्रिने भएको छ ।

राखेपका सदस्यसचिव केशवकुमार विष्टलाई पहिले यो विषयमा जानकारी गराउने, कारवाही नगरे राखेपमा तालाबन्दी गरिने खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश नेवाले जनाकारी गराएका छन् । गुरुङले जापानमा गैरखेलाडी तस्कर गरेको स्वीकारी सकेको अवस्थामा राखेपले यो घटनाप्रति किन उदासिन बनेको छ त्यो आफुले बुझ्न नसकेको बताएका छन् ।

यो घटनाको विषयलाई लिएर हाम्रो आजै मंसिर ७ गतेदेखि सदस्यसचिव विष्टलाई भेट्ने कार्यक्रम थियो तर उहाँको स्वास्थ्य प्रतिकुल भएकोले भेट हुन सकेन, अब मंसिर १० गते आइतवारदेखि यो विषयमा सदस्यसचिव विष्टसंग छलफल भएपछि अन्तिम टुुङ्गोेमा पुग्ने नेवाले बताए ।

फत्तवहादुर गुरुङले खेलकुदको अस्मितामाथि धावा बोलेको खुलासा गर्दै अध्यक्ष महेश नेवाले गुरुङको यो करतुतले राष्ट्रिय अन्तर्राष्ट्रियस्तमा कराँतेको मानमर्दन भएको बताए । एकजना व्यक्तिले गर्दा यतिवेला करातेको सर्वत्र आलोचना र वेइज्जत भएको खुलासा गर्दै दोषी गुरुङलाई कारवाहि नभएसम्म जस्तोसुकै आन्दोलन गर्नपनि संघ पछि नहट्ने अध्यक्ष नेवाले चेतावनी दिएका छन् ।

राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएका खेल संघहरुमध्य सितोरियो कराते सवैभन्दा सफल खेल हो । यो खेलवाट नेपालले सवैभन्दा वढी अन्तराष्ट्रिय पदक जितेर नेपालको मान सम्मान र प्रतिष्ठा वृद्धि गराउनमा अहम भूमिका निर्वाह गरेको छ । त्यस्तै कराते नेपालको त्यस्तो खेल हो जस्को सवैभन्दा बढी खेलाडी र प्रशिक्षक छन् ।

परिषदका वोर्ड सदस्य फत्तवहादुर गुरुङले कराँतेको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा यसरी वेइज्जत गराउँदा सम्वन्धित निकाय सितोरियो कराते महासंघ के हेरेर बसेको छ त्यो अहिले चासोको विषय बेनको छ । किन अहिलेसम्म आवश्यक कारवाहिका लागि राखेपमा पत्राचार गरेको छैन त्यो बुझ्न सकिएका छैन ।
प्राप्त जानकारीका अनुसार मानव तस्करीको धन्धामा सितोरियो कराते, सोतेकान कराते र गुजुरियो करातेका पदाधिकारीहरुको संलग्नता रहेको बुझिनमा आएको छ । जापान पठाउन १० लाखको बार्गेनिङ गरेर आठ लाख लिएका गुरुङ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ठाडो आदेशमा पश्चिमाञ्चल क्षेत्रवाट राखेपको सदस्यमा नियुक्ति भएका हुन् ।