अल्डरसट । आदिवासी जनजाति महासंघ वेलायतले एक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । आदिवासी जनजातित महासंघका अध्यक्ष श्री प्रसाद लिम्बूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । नेपालबाट पाल्नु भएका आदिवासी जनजाति आन्दोलनका प्रणेता तथा भूपू मन्त्री गोरे बहादुर खपाङ्गीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको हो ।
अतिथतिहरुमा, नेपालबाट आएका मगरसंघ नेपालका भूपू अध्यक्ष यम बहादुर बुढाथोकी, मगर संघ वेलायतका अध्यक्ष कुल बहादुर थापा, याक्थुङ्ग चुम्लुङ्गका अध्यक्ष डम्बर लिम्बू, किरात सुनुवार समाज वेलायतका अध्यक्ष जंग सुनुवार, किरात राई यायोख्खाका अध्यक्ष रामधन राई, तमूधि वेलायतका सदस्य हेम गुरुङ्ग, आदिवासी जनजाति महासंघका संस्थापक उपाध्यक्ष गंगा देवी राई, मगरसंघ वेलायतका उपाध्यक्ष दुत बहादुर पुन, तमू प्ये.लु.संघ वेलायतका अध्यक्ष सोम बहादुर गुरुङ्ग, दुरा समाज वेलायतका सदस्य निराज दुराको उपस्थिति थियो । विशेष वक्ताहरुमा आदिवासी जनाजाति महासंघ वेलायत विधान निर्माण समितिका संयोजका चण्डिराज राई, मगरसंघ वेलायतका सचिव पदम गाहामगर, ताप्लेजुङ्ग सेवा समाज वेलायतका अध्यक्ष तथा बुद्घजीवी डा. चन्द्र लोक्साम्बा, तमुधिका सदस्य हेम गुरुङ्ग, लिम्बूवान स्वयात नागरिक एकता समाज वेलायतका अध्यक्ष प्रसाद थेवे, मगरसंघ नेपालका भूपू अध्यक्ष यम बहादुर बुढाथोकी थिए ।
कार्यक्रममा विधान निर्माण समितिका संयोजक अधिवक्ता चण्डिराज राईले वर्तमान अबस्थामा जनजातिहरुको आन्दोलनको विषयगत वुँदामा बोलेका थिए । पदम गाहामगरले आदिवासी जनाजातिहरु एक भएर अघि बढ्न नसक्नुका कारणहरु के हुन सक्छ, भन्ने विषयगत वुँदामा बोलेका थिए । डा. चन्द्र लोक्साम्बाले आदिवासी जनाजाति महासंघ वेलायत र एनआरएन वेलायत बीचमा अन्तर घुलन सम्बन्ध निर्माण गर्न सक्छ र महासंघले गर्न पर्ने कामहरु के हुन सक्छन् भन्ने विषयगत शीर्षकमा वोलेका थिए । आदिवासी जनजातिहरुपछि पर्नका कारणहरु, विषयगत विषयमा हेम गुरुङ्गले आफ्नो धारणा राखेका थिए । वर्तमान अबस्थामा आदिवासी जनजातिहरुको दायित्व र वस्तुगत स्थिति, शीर्षकका प्रसाद थेवे आफ्नो मन्तब्य राखेका थिए । यम वहादुर वुढाथोकीले भने हामी नेपालीहरु वेलायतमा छौ तर हामीले हाम्रो भाषा, संस्कार, संस्कृतिलाई जगेर्ना गरेर राख्न सकेनौ भने त्यो अति दुःखदायी हुने छ । हाम्रो भुटान, फिजी र वर्मातिर बस्ने नेपालीहरुको दिन नआओस्, त्यो दिन आउन नदिनको लागी हामी हरेक क्षेत्रमा लागी परी आफ्नो देश नेपाललाई केही गर्नु पर्दछ । गंगा देवी राई र डम्बर लिम्बूले आ-आफ्नो छोटो मन्तब्य राखेका थिए । प्रमुख अतिथिको ठाउँवाट बोल्दै खपाङ्गीले अति नै सान्दर्भिक टुक्का र कथाहरु जोडी मन्तब्य राखे । उनले भने कार्ल माक्स्ले गाईको मासु खान्थे तर हाम्रो देशका कम्युनिष्टहरुले गाईको मासु खाँदैनन् र आफ्नो धर्म, संस्कार अनुसार खानेहरुलाई पनि खान दिँदैनन् जेलमा हाल्छन् । रोचक प्रसंग जोड्दै उन भने हामीले छोको नखाने उच्चजातिहरु कुकुर, विरालो, खसी, वाख्राले छोको खान्छन् यसको अर्थ भनेको आदिवासी जनजाति र दलितलाई त त्यो कुकुर, बाख्राहरुभन्दा पनि तल राखिएको छ भनी ठोक्कुवा गरे । एक घण्टाभन्दा लामो आफ्नो मंतब्य राख्दै उनले अन्तमा भने हामीहरु आदिवासी मात्र हैनौ हामी भनेको अव जनजाति भइसक्यौ । जानजाति भएकोले हामीमा इभोलुसन छ र हुनु पनि पर्दछ ।
उनले मन्तब्य राखिसकेपछि अन्तरकृया कार्यक्रम भएको थियो । उपस्थित माहनुभावहरुको जिज्ञासा र प्रश्नहरुको जबाफ उनले दिएका थिए । करिब ४ घण्टा लामो कार्यक्रमको सभा विसर्जन गर्दै सभाका अध्यक्ष श्री प्रसाद लिम्बूले आदिवसी जनजाति महासंघ वेलायतको स्थपनाकालदेखि अहिलेसम्म कसरी आइपुग्यो र नेपालमा रहेका आदिवासी जनजातिहरुलाई कसरी सहयोग पुयाउन सकिन्छ त्यसको बारेमा हामी एकदम तयारी रहेको कुराको जानकारी गएका थिए । उनले भने हामी आदिवासी जनजातिहरु पनि अबको दिनमा आफ्नो पहिचानको सूरक्षा गर्न आफै लागी पर्नु पर्ने वताउँदै उपस्थित महानुभावहरुलाई धन्यवाद दिँदै सभाको सभा विसर्जन गरेका थिए । कार्यक्रमको संचालन आदिवासी जनजाति महासंघ वेलायतका महासचिब नरेश काङमाङ राईले गरेका थिए भने उपस्थित सम्पुर्ण महानुभावहरुलाई संस्थाका उपाध्यक्ष नर बहादुर गुरुङ्गले स्वागत गर्दै स्वागत मन्तब्य राखेको थिए । कार्यक्रममा निरमाया रेस्टुरेटका मेनेजर गणेश गुरुङ्गले चिया, कफी, पानी लगायतका वस्तुहरुको प्रायोजन गरेका थिए । -नरेश
प्रतिक्रिया