उपत्यकामा अनावश्यक भाडा असुल्ने सार्वजनिक यातायातका सवारी चालकलाई सरकारले कारवाही गर्न थालेको छ ।
आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत कात्तिक महिनाभरि तोकिएभन्दा बढी भाडा असुलेका सवारी चालकबाट साढे १२ लाख रुपैयाँ जरिवाना उठाएको छ ।
विभागले कारवाहीमा परेका प्रत्येकसँग ५ हजारका दरले जरिवाना असुलेको हो । (नागरिक दैनिक)
प्रतिक्रिया