नेपाली प्रतिभा प्रतिष्ठानको वार्षिक कार्यक्रम सम्पन्न

नेपाली प्रतिभा प्रतिष्ठानको वार्षिक कार्यक्रम सम्पन्न


फान्बोरो, यूके । गत १६ जुनको दिन नेपाली प्रतिभा प्रतिष्ठान वेलायतले वार्षिक कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष रक्ष राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । अस्वीकृत जमात आन्दोलनका प्रनेता तथा साहित्यकार डा. कविता राम श्रेष्ठ प्रमुख अतिथि भई कार्यक्रममा उपस्थित भएका थिए । अन्य अतिथिहरुमा एनआरएन वेलायतका अध्यक्ष कुलप्रसाद आचार्य, साहित्य विकास परिसदका अध्यक्ष खगेन्द्र नेपाली, अनेसासका केन्द्रिय उपाध्यक्ष जया लक्ष्मी राई, अनेसास वेलायतका उपाध्यक्ष डा.रुपक श्रेष्ठ, नेपालबाट आएका साहित्यकार पवन आलोक, नेपाली पत्रकार महासंघ वेलायतका महासचिव नरेश खपाङ्गी, नयाँ सन्देश साप्ताहिकका प्रधानसम्पदक चण्डिराज राई, कवि गायक तथा वकिङ्ग नेपाली समाजका अध्यक्ष भगवान चाम्लिङ्ग, गीतकार तथा महिलासंघ वेलायतका सचिव शशी थापा सुब्बा र कवि तथा एभरेष्ट टाइम्स् साप्ताहिकका मेनेजिङ्ग डाइरेक्टर दुत वहादुर पुन “चिमखोले काइला” थिए । यो धर्तीलाई छाडेर गइसकेका साहित्यकारहरुको सम्झनामा एक मिनेट मौनधारण गरिसकेपछि नेपाली राष्ट्रिय गीत गाएका थिए । संस्थाका महासचिव दयाकृष्ण राईले सम्पूर्ण उपस्थित सहभागी तथा अतिथिहरुलाई स्वागत गर्दै स्वागत मन्तब्य राखेका थिए । तीन चरणमा सम्पन्न कार्यक्रममा गीतकार विश्वकाजी राईको गीती संग्रह उजागरको विमोचन प्रमुख अतिथि डा. कविता राम श्रेष्ठद्घारा गरेका थिए भने अध्यक्ष राईले स्रष्टा विश्वकाजी राईलाई नेपाली ढाका टोपी लगाइदिएका थिए । कृतिको बारेमा प्रतिष्ठानका सदस्य तथा साहित्यकार गणेश राइले वोलेका थिए । गीतकार विश्वकाजी राईले आफ्नो मन्तब्य राख्ने क्रममा आफ्ना केही रचनाहरु पनि वाचन गरी सुनाएका थिए । साहित्यकार भीमनिधि तिवारीको शतवार्षिकीको उपलक्ष्यमा उनीप्रति श्रद्घान्जली व्यक्त गर्दै उनले नेपाली साहित्यमा पु्याएका योग्दानको कद्घर गर्दै कार्यक्रम संचालक तथा वक्ताहरुले बोलेका थिए । पहिलो चरणको कार्यक्रम संस्थाका सचिव नरेश काङमाङ राईले संचालन गरेका थिए ।
प्रतिष्ठानको उद्देश्य अनुसार हरेक वर्ष अभिब्यक्ति श्रृखंला नामक कार्यक्रममा एक जना स्रष्टालाई मञ्च प्रदान गर्दै आइरहेको छ । यस वर्ष प्रतिष्ठानले कवि तथा गजलकार अन्जु अन्जलीलाई अभिब्यतिm श्रृंखला भाग पाँचमा मञ्च प्रदान ग्यो । कवि तथा गजलकार अन्जु अन्जलीलाई संस्थाका अध्यक्ष रक्ष राईले ढाकाको बर्की ओढाई सम्मान गरेका थिए भने प्रमुख अतितिद्वारा सम्मान प्रत्र प्रदान गरेका थिए । संस्थाका महासचिव दयाकृष्ण राईले स्रष्टको एउटा कविता वाचन गरी कार्यक्रमको शुरुवात भएको कार्यक्रममा स्रष्टाले मीठा मीठा गजल र कविता वाचन गरी उपस्थित सबैको मन जित्न सफल भए । कार्यक्रमका संचालक तथा संस्थाका सह–सचिव मिजास तेम्बेले बीचबीचमा साहित्य र जीवनका बारेमा सटिक प्रश्नहरु गरेका थिए भने स्रष्टाले पनि उत्तिकै गहनतम् तरिकाले प्रश्नको जवाफ दिएका थिए । एक घण्टा लामो आफ्ना रचनाहरु वाचन गरी दोस्रो चरणको कार्यक्रम सकिएको थियो । संस्मरण रहोस् यसअघि प्रतिष्ठानले ४ वटा अभिब्यक्ति श्रंखला कार्यक्रम सम्पन्न गरेको छ । भाग एकमा संगीतकार तथा गायक चोक गुरुङ्ग, भाग २ मा साहित्यकार दयाकृष्ण राई, भाग ३ मा साहित्यकार टंक वनेम र भाग ४ मा संगीतकार किशोर गुरुङ्गलाई मंच प्रदान गरिसकेको छ ।
उपस्थित अतिथिहरुद्घारा मन्तब्य राख्नेहरुमा नेपालवाट आएका साहित्यकार पवन आलोक, एनआरएन वेलायतका अध्यक्ष कुल प्रसाद आचार्य, साहित्य विकास परिसदका अध्यक्ष खगेन्द्र नेपली, नेपाली पत्रकार महासंघका महासचिव नरेश खपाङ्गी, नयाँ सन्देश साप्ताहिकका सम्पादक चण्डिराज राई थिए । कार्यक्रममा कविता गीत वाचन गर्ने स्रष्टाहरुमा गोपी कृष्ण प्रसाई, डा. रुपक श्रेष्ठ, देवेद्र खेरेस, विजय हितान, जया लक्ष्मी राई, शशी थापा सुब्बा, एलिना संग्रौला, दुत वहादुर पुन “चिमखोले काईला”, लगायत थिए । गायक तथा संगीतकार चोक गुरुङ्गले मीठो गीत गएका थिए । कार्यक्रम उपसंयोजक मुकेश राईले हरेक क्षेत्रमा मद्दत गर्ने संघ संस्था र ब्यक्तिहरुलाई धन्यावाद मन्तब्य राख्दै आफ्नो कविता वाचन गरे । प्रमुख अतिथि डा. कविताराम श्रेष्ठले अस्वीकृत विचार साहित्य अभियानमाथि प्रकाश पार्दै उजागर कृतिका स्रष्टा गीतकार विश्वकाजी र अभिब्यक्ति श्रृंखलाका स्रष्टा अन्जुअन्जलीलाई वधाइ तथा शुभकामना दिएका थिए । कार्यक्रमको सभा विर्सजन गर्दै अध्यक्ष रक्ष राईले नेपाली भाषाको वेलायतमा अपरिहार्य रहेकोले प्रतिष्ठानले त्यसको लागि काम गरिरहेको जानकारी पनि गराए । उनले नवचेतनाग्रहले ल्याएको विचारहरुको विघठन भन्ने विचार प्रस्तुत गर्दै उपस्थित अतिथि, साहित्य अनुरागी स्रष्टाहरुलाई कार्यक्रममा उपस्थित भइदिएको धन्यवाद दिँदै औपचारिक रुपमा सभा विर्सजन गरेका थिए । तेस्रो चरणको कार्यक्रम संस्थाका संदस्य जगत नवोदितले संचालन गरेका थिए । –नरेश काङमाङ,