पुत्रवियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई राप्रपा अध्यक्ष कमल थापाले माफी माग्न सुझाव दिएका छन् ।
आज ट्वीटरमा स्टाटस लेख्दै पुत्र प्रकाश दाहाल गुमाएर पीडामा रहेका प्रचण्डलाई मन्त्री थापाले जनयुद्धका क्रममा कोख रित्तिएका र सिंदुर पुछिएका परिवारसँग क्षमायाचना गर्नुपर्ने सुझाव दिएका हुन् ।
शुक्रवार विहानै सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेख्दै कमल थापाले भनेका छन, ‘पुत्र/पुत्री शोकको पीडा कति असह्य हुन्छ शब्दमा बर्णन गर्न सकिन्न । प्रकाशको निधनले प्रचण्ड परिवारमा पर्नगएको क्षतिमा सबैको सहानुभूति रहेको छ । विह्वलको यस घडिमा अन्यथा अर्थ नलाग्ने हो भने जनयुद्धको क्रममा कोख रित्तिएका र सिंदुर पुछिएकाप्रति प्रचण्डको क्षमायाचना शायद सान्दर्भिक हुने थियो ।’
प्रचण्डलाई कमल थापाले दिएको सुझाव प्रचण्डले कसरी लिने हुन यो भने हेर्न बाँकी छ ।
प्रतिक्रिया