विश्वमा पुरुष क्रिकेट जति चर्चित छ, तुलनात्मक रुपमा महिला क्रिकेटको चर्चा र लोकप्रियता त्यति झांगिसकेको छैन्, र पनि, महिला टेष्ट, एकदिवसिय र ट्वान्टी,२० क्रिकेट प्रतियोगिता खेल्दै आएका छन । जसले क्रिकेटप्रति महिलाहरुको रुची दिनप्रतिदिन बढदै गएको छ ।
यतिवेला विश्वमा टेष्ट क्रिकेट खेल्ने मान्यता पाएका राष्ट्रका महिला क्रिकेटरहरु आफ्नो खेलले मात्रै नभै सुन्दरताले पनि चर्चित भएका छन । त्यसमा इङ्ल्याण्डकी सारा टेलर, अष्टेलियाकी एलिस पेरी र पाकिस्तानकी कायनात इम्तियाज विश्व महिला क्रिकेटमा सुन्दरी क्रिकेट खेलाडीको रुपमा चिनिन्छन् ।
यी मध्य पाकिस्तानी महिला क्रिकेटर तथा अलराउण्डर कायनातको चर्चा पछिल्लो समयमा शिखरमा पुगेको छ । कायानात सुन्दरी क्रिकेटर मात्रै नभै उनी निकै प्यारी पनि छिन् । यहि कारणले अहिले विश्वभरि कायनातका लाखौं फ्यान छन् । जस्ले कायनातलाई चर्चा र लोकप्रियता शिखरमा पु-याउन विशेष भूमिका खेलेको छ ।
कायनात जति सुन्दर छिन् उनको मन पनि त्यत्तिकै सुन्दर र कोमल छ । उनलाई बच्चा देख्नु हुँदैन, समातेर काखमा राख्दै चुम्वन गरिहाल्छिन ।
कायनात पाकिस्तानी महिला क्रिकेटकी कप्तान हुनुको साथै अलराउण्डर खेलाडी पनि हुन । उनले अन्तराष्ट्रिय महिला क्रिकेटमा पाकिस्तानलाई स्तरीय टीम वनाउन र विजय दिलाउन व्यक्तिगतरुपमा अहम भूमिका निभाइरहेकी छिन्, जुन कायनात र पाकिस्तानको लागि सुखद समाचार भएको छ ।
प्रतिक्रिया