क्रिकेटमा अलराण्डर खेलाडी बन्नु कति गाह्रो छ त्यो भुक्तभोगीलाई मात्र थाहा हुन्छ । त्यसका लागि बलिङ, व्याटिङ र फिल्डिङमा त्यत्तिकै उत्कृष्ट हुनुपर्छ । अहिले यस्तै उत्कृष्टताको उदारहण बनेकी छिन् अष्ट्रेलियाकी महिला क्रिकेट खेलाडी ‘एलिस पेरी’ ।
पेरी अष्ट्रेलियन राष्ट्रिय क्रिकेट टिमकी आधारस्तम्भ हुन् । उनलाई क्रिकेट टिममा सबैभन्दा भरोसाको खेलाडीको रुपमा चिनिन थालिएको छ । उनी अष्टे«लियन टोलीमा उत्कृष्ट व्याटिङ, बलिङ र फिल्डिङ गर्ने खेलाडीको रुपमा सुपरिचित छिन् ।
पेरीको परिचय क्रिकेटमा मात्रै सीमित छैन । उनी अष्ट्रेलियन राष्ट्रिय फुटबल टिमकी पनि चर्चित खेलाडी हुन् । मिडफिल्डबाट खेल्ने पेरी फुटबलकी प्लेमेकर र स्ट्राइकर हुन् । उनले फुटबलबाट पनि नाम दाम उत्तिकै कमाएकी छिन् । पेरी त्यस्ती खेलाडी हुन् जसले क्रिकेट र फुटबललाई उत्तिकै समय दिएर सफल खेलाडी बनेर विश्व खेलकुदमा उदाहरणीय बनेकी छिन् ।
विश्वमा सुन्दरी महिला खेलाडीहरूको पहिलो रोजाईमा पर्ने पेरीको क्रिकेट र फुटबलप्रति अगाध रुची छ । यही रुचीका कारण उनी आज दुवै खेलमा सफल खेलाडी बन्न सफल भएकी छिन् । पेरीका विश्वभरि लाखौँ फ्यानहरू छन्, उनीहरु पेरीको हरेक खेल निकै चासोका साथ हेर्छन् र कमेन्ट गर्छन् । जसले पेरीलाई सही मार्गमा डो¥याउन मार्गदर्शन गरिरहेका हुन्छन् । यो सबै पेरीको स्तरीय खेलको प्रदर्शन र लोकप्रियताको उपज हो ।
वर्तमान अवस्थामा समेत क्रिकेट र फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी पेरीले सन् २०१५ मा चर्चित अष्टे«लियन रग्वी खेलाडी म्याट टुमासँग विवाह गरेकी थिइन् ।

प्रतिक्रिया